उपाधिका लागि मलेसियाको सामना गर्दै नेपाल

काठमाडौं । नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ । खेल मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा जारी रहेको हो ।

नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । नेपालले प्रतिक पोखरेलको स्थानमा सागर गैरेलाई मौका दिएको छ । टोलीमा अन्य कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *