टेष्ट राष्ट्र आयरल्यान्डसँग पहिलो पटक भिड्दै नेपाल
२०८० असार १८ गते

नेपालले आइसीसी विश्वकप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा सातौं स्थानका लागि टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्ने भएको छ।
मंगलबार नेपाल र आयरल्यान्ड पहिलो पटक भिड्न लागेका हुन्। यसअघि प्लेअफमा नेपालले युएईलाचई र आयरल्याण्डले अमेरिकालाई पराजित गरेका थिए।
पराजित भएका अमेरिका र युएई भने नवौं स्गथानका लागि भिड्ने छन्।
नेपाल र आयरल्याण्डबीच हरारेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बजे सुरु हुनेछ ।
आयरल्यान्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो। यसअघि नेपालले जिम्बावे र वेष्टइण्डिजसँग खेलेको थियो।
२०८० असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








