मूलपानी क्रिकेट मैदानको नाममा असन्तुष्टि जनाउँदै स्थानीयले लगाए ताला

काठमाडौँ । मूलपानी क्रिकेट मैदानको नामकरणमा असन्तुष्टि जनाउँदै स्थानीय बासिन्दाले क्रिकेट मैदानको गेटमा तालाबन्दी गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को १५ असारमा बसेको बैठकले संघका पूर्वअध्यक्ष दिवंगत जयकुमार नाथ शाहको नामबाट क्रिकेट मैदानको नाम राख्ने निर्णय गरेको थियो ।

उक्त नाममाथि असन्तुष्ट जनाउँदै उनीहरुले क्रिकेट मैदानको गेटमा ताला लगाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *