एसिसी इस्ट जोन कप

नेपालले सिंगापुरलाई दियो १८५ रनको बलियो लक्ष्य

काठमाडौँ । एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाउँदै सिंगापुरलाई उक्त लक्ष्य दिएको हो ।

नेपालका लागि सूर्याशु कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादवले ४२ रन बनाए । त्यसतै कप्तान अविशेक तिवारीले २५ रन बनाउँदा सन्तोष यादवले १८ रन बनाएका छन् । सिंगापुरका लागि हरिहरणले ३ विकेट लिएँदा कविबर बेलिया र हर्ष भेन्कटरामले २ विकेट लिए भने प्रनव धानुकाले १ विकेट हात पारे ।

नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेका हुन् । यो खेलको विजेत फाइनलमा पुग्नेछ । अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *