विश्वकप क्वालिफायरको प्लेअफमा आज युएईको सामना गर्दै नेपाल

काठमाडौँ । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपाल र युएईबीच अहिलेसम्म १३ एकदिवसीय खेल भएको छ । जसमा नेपालले ७ र युएईले ६ खेल जितेका छन् । यस खेलको विजेताले सातौँ स्थानको लागि आयरल्याण्डसँग खेल्ने छ ।

शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफको फाइनल जित्ने देश सातौँ स्थानमा हुने छ भने पराजित हुने टिम आठौँ स्थानमा रहने छ । सेमिफाइनलमा पराजित दुई देशले नवौँ र दशौँ स्थानका लागि खेल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *