पार्टी एकताका लागि प्रयास जारी छः प्रचण्ड
२०८० असार १६ गते

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि प्रयास भैरहेको बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आजै बैठक बस्ने कुरा थियो । विप्लव जीको पार्टीको आन्दोलनले २ दिन सरेको छ । २ दिनपछि बैठक बस्छौं । त्यहाँ छलफल गर्दै गएर पार्टी एकताको प्रयास गर्छौं ।’
यसअघि पोखरामै माओवादीका नेता कार्यकर्तासँग भेट्दै उनले पुर्व माओवादी शक्तिहरुबीच एकताका लागि छलफल चलिरहेको बताए । ‘हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ । समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ,’ उनले भने, ‘पूर्वमाओवादीहरू पनि छलफलमा छौं । फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ । ठोस पहल हामी गर्छौं ।’
माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने भन्दै उनले माओवादीलाई बलियो बनाउन नेताहरुसँग आग्रह गरे ।
२०८० असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








