पोखरामा सुरु भयो मुख्यमन्त्रीहरुको भेला

पोखरा । पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । गण्डकी सरकारको निमन्त्रणामा सबै प्रदेशका मुख्यमन्त्रीहरु भेला भएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की भने बैठकमा उपस्थित छैनन् ।

बैठकमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मधेशका सरोजकुमार यादव, बागमतीका शालिकराम जमरकट्टेल, लुम्विनीका डिल्लीबहादुर चौधरी, कर्णालीका राजकुमार शर्मा र सुदुरपश्चिमका कमलबहादुर शाह उपस्थित छन् । भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

आज भेला हुनेछ भने शनिबार राष्ट्रिय समन्वय परिषद्को बैठक बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *