प्याराग्लाइडिङको शुल्क बढ्यो, अब १२ हजार तिर्नुपर्ने

पोखरा । पोखरामा प्याराग्लाइडिङ गर्दा शुल्क महँगिएको छ । अबदेखि १२ हजार रुपैयाँ तिर्नुपर्ने नेपाल हवाई खेलकुद संस्था नाले जनाएको छ । असार ७ गतेदेखि नै यो शुल्क लागू भएको छ ।

यसअघि प्याराग्लाइडिङ गरेको ८ हजार ५ सय रुपैयाँ मात्रै थियो । ‘असार ७ देखि लागु हुने गरी प्याराग्लाइडिङको रेट बढेको छ,’ ना अध्यक्ष सुनिल भट्टराईले भने, ‘यसमा इन्स्योरेन्स, पाइलटको खर्च पनि छ ।’

पोखरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि खर्च बढेको उनको भनाई छ । पहिले तोरीपानी र सराङकोटबाट हुने प्याराग्लाइडिङ अहिले ५ किलोमिटर पर मान्द्रेढुंगा सारिएको छ ।

पाइलटहरूले अब एउटा उडान गरेको ६ हजार पाउँछन् । पहिले ३ हजार ९ सय प्राप्त गर्थे । अन्य देशमा पाइलटका लागि प्रतिउडान १ सय डलर शुल्क तोकिएको छ । अहिले पोखरामा ६० प्याराग्लाइडिङ कम्पनीहरू नामा दर्ता भएका छन् ।

तीमध्ये ५२ कम्पनी मात्रै चालु अवस्थामा रहेको बताइएको छ । प्याराग्लाइडिङ उडाउने पाइलट भने ३ सय ७५ जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *