प्राइम सेरामिक्सले बजारमा ल्यायो ‘प्राइम टाइल्स विथ स्टाइल’

काठमाडौँ । प्राइम सेरामिक्स प्रालिले २ अर्ब लगानीमा प्राइम–टाइल्स विथ स्टाइल उत्पादन बिहीवारदेखि नेपाली बजारमा ल्याएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले आफ्नो उत्पादन ‘प्राइम–टाइल्स विथ स्टाइल’ बिक्री वितरणमा ल्याएको जानकारी गराएको हो । कम्पनीले बिहीबारदेखि प्राइम–टाइल्स विथ स्टाइल औपचारिक रूपमा अब नेपाली बजारमा पाइने भएको छ ।

पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष आशिष गर्गले अबदेखि देशभर प्राइम टायल पाउने बताए । उनले ५० प्रतिशत स्वेदेशी माटो प्रयोग भई उत्पादन हुने टायल नेपालका लागि उपयुक्त हुने बताए । उनले वार्षिक १५ अर्ब रुपैयाँबराबरको टायल नेपालमा आयात हुने गरेको बताए ।

ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महँगो र पहुँचभन्दा बाहिर रहेको भन्दै अब प्राइम सेरामिक्सले उत्पादन गर्ने प्राइम–टाइल्स विथ स्टाइलले देशको कुल खपतको एक–चौथाइ माग पूरा गर्ने विश्वास लिएको बताए । उनले कम्पनीले वार्षिक उत्पादन गर्ने टायलले आयात कम गर्ने पनि बताए । अध्यक्ष गर्गले आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने प्रतिवद्धता जनाए । उनले उद्योगले आयात प्रस्थिापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने बताए । स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायल जस्तै गुणस्तरीय रहेकाले उपभोक्तालाई सहज हुने बताए ।

उनले दुई दशकदेखि टायलको व्यापार गर्दै आएको आयातलाई प्रतिस्थापन र स्वदेशमै उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको बताए । उनले नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुनः परिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्सले अत्याधुनिक इटालियन प्रविधिद्वारा उद्योगको स्थापना गरेको बताए । विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी सक्मीको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तर्राष्ट्रिय ब्रान्डसँग समेत प्रतिष्पर्धा गर्नसक्ने क्षमताको रहेको छ ।

कम्पनीले आम नेपालीको सुन्दर घरको सपनालाई कुनै न कुनै तरिकाले यस उद्योगले पूरा गर्ने विश्वास लिएको छ । दैनिक डेढ लाख वर्गफिट उत्पादन क्षमता रहेको यस उद्योगले ३ सय जनालाई रोजगारी दिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *