पोखरामा मुख्यमन्त्रीहरुको भेला शुक्रबार, आउने क्रम सुरु

पोखरा । पोखरामा शुक्रबार र शनिबार हुने मुख्यमन्त्रीहरुको भेलाका लागि मुख्यमन्त्रीहरु आउने क्रम सुरु भएको छ । गण्डकी सरकारको आतिथ्यमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पोखरामा हुन लागेको हो । सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पोखरा आइसकेका छन् ।

अन्य प्रदेशका मुख्यमन्त्री पनि पोखरा आउने क्रम चलिरहेको गण्डकीका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । कोशी प्रदेशमा भने मुख्यमन्त्रीको टुंगो नभएकोले आउने नआउने निश्चित छैन । बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव लगायत उपस्थित हुनेछन् ।

भेला अन्तर्गत १५ गते मुख्यमन्त्रीहरुको बैठक हुनेछ । बैठकमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल समेत उपस्थित हुने कार्यक्रम छ । यस्तै, १६ गते अन्तरप्रदेश समन्वय परिषदको बैठक हुनेछ ।

उक्त बैठकको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् । बैठकमा अन्तर प्रदेश सिकाई आदान प्रदान गर्ने र संघीयता कार्यान्वयनमा साझा धारणा निकालिने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *