चिनियाँ अर्बपति ज्याक मा घुमे कालिमाटी तरकारी बजार, पुगे स्वयम्भू

काठमाडौँ । निजी भ्रमणका सिलसिलामा काठमाडौँ आइपुगेका चिनियाँ डलर अर्बपति ज्याक मा कालिमाटी तरकारी तथा फलफुल बजारमा पुगेका छन् । उनले बुधबार बिहान १० बजेर ३७ मिनेटदेखि १० बजेर ५० मिनेटसम्म कालिमाटी बजारको विभिन्न पक्षको अवलोकन गरे ।

५ वटा कार र केही मोटरसाइकलसहित ज्याकको टोली कालिमाटी पुगेको थियो ।

७ जना सहयोगीहरुका साथ कालिमाटी पुगेका उनी कारबाट बाहिर भने ननिस्किएको बताइएको छ । उनी कालिमाटी जानुको कारण भने खुलेको छैन ।

कालीमाटी बजार अवलाेकनपछि उनी स्वयम्भू स्तुपा पुगेकाे प्रहरीले जनाएकाे छ ।

जापानबाट बंगलादेश हुँदै उनी म‌ंगलबार विशेष जहाजबाट काठमाडौँ ओर्लिएका थिए । विश्वकै ठूलो इकमर्श कम्पनी अलिबाबा र दराजका मालिकसमेत रहेका उनी विश्वको डलर अर्बपटिको सूचीको ६३ औँ स्थानमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *