कास्कीमा ३ महिना नदीजन्य सामग्री उत्खनन् प्रतिबन्ध

पोखरा । कास्कीमा नदी जन्य सामग्री उत्खनन् गर्न प्रतिबन्ध गरिएको छ । जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले असार, साउन र भदौ महिनाभरि कुनै पनि नदी वा खोलाबाट सामग्री उत्खनन् गर्न नदिने निर्णय गरेको हो ।

बैठकबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी संघीय मापदण्ड पहिलो संशोधन २०७९ अनुसार तीनमहिना उत्खनन् रोक्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाका आधारमा निरन्तर अनुगमन गर्ने र कसैले उत्खनन् गरे कारबाहीको दायरामा ल्याइने पौडेलले बताए । उक्त व्यवस्था कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय सरकारलाई पत्राचार गरिएको छ ।

यस्तै, सबै पालिकालाई नदीजन्य पदार्थको मौज्दात प्रमाणित गराइ सोको जानकारी सात दिनभित्र जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन निर्देशन दिइएको छ ।

‘सात दिनभित्र सबै मौज्दात जानकारी गराउनुस् भनेका छौं । मौज्दात जानकारी नगराई विक्री वितरण गरे कानूनी कारबाही हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *