नेपाल आइपुगे चिनियाँ खर्बपति व्यावसायी ज्याक मा

काठमाडौँ । विश्वकै ठूलो व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आइपुगेका छन् । विशेष विमान चार्टर्ड गरेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

त्रिभुवन विमानस्थलका अनुसार ७ जना चिनियाँ नागरिकसहित ज्याकमा जापानबाट नेपाल आएको बुझिएको छ ।

पछिल्लो समय परिबारसहित जापानमा बस्दै आएका ज्याक माको खास नाम मा युङ हो । अलिबाबा समूहका संस्थापक तथा कार्यकारी अध्यक्ष उनी १० सेप्टेम्बर १९६४ मा चीनको झेजियाङ प्रान्तको हांग्जोमा जन्मिएका थिए ।

स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *