पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्नुपर्छ : सांसद गौतम
२०८० असार १२ गते

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छन् ।
सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटंकी बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी हुन् । मङ्गलवार प्रतिनिधिसभाको दोसो बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै निन्दा र भर्त्सना समेत गरिन् ।
त्यस अवसरमा सांसद गौतमले पशुपतिनाथको मन्दिरमा दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरू बाहिर आएको उल्लेख गर्दै त्यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरे ।
उनले भने ‘भाङग्रा ओढी बाघको छाला बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाऊ भनेका थिए कि । नत भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिंगको मौलिक स्वरुपनै दर्शन गर्न पाइने हुन्छ कि । आराध्यदेव पशुपतिनाथलाई जथाभाबी विवादमा ल्याएर सारा हिन्दुहरूको भावनामा चोट पुग्ने काम भएको छ सभामुख महोदय । गर्भ गृहमा रहेको शिवलिंगलाई छुन त हुँदैन भन्ने मान्यता हाम्रो परम्परा छ । धर्मको नाममा नौटंकी बन्द गराई चढाइएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपतिनाथको मौलिक स्वरूप देखिने गरी पुरानै अवस्थामा राखियोस् भनी म आग्रह गर्न चाहन्छु सभामुख महोदय । पशुपतिमा अर्पित जलहरीमा ढिलै भएपनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा हो सभामुख महोदय । तर उक्त जलहरीको परीक्षणगर्दा १३ जनाको नाम पार्वतीका अङ्गका रूपमा पुजिने जलहरीको सुवर्णपेटिकामा कुँदेर लेख्ने मोह अति निन्दनीय मात्रै होइन, भत्सर्नायोग्य पनि छ सभामुख महोदय । म भगवानको गर्भगृहमा आफ्नो नाम लेखाउने मोह जाग्नु, यस्तो बुद्धि कहाँबाट प्रकट हुन्छ सभामुख महोदय । हामीले भगवानको अंगको रूपमा पुज्ने पेटिकामा दैनिक तन्त्र र वैदिक विधिपूर्वक अडचना हुन्छ सभामुख महोदय । पशुपतिनाथकै मन्दिरमा बरु दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरूको सत्यतथ्य जानकारी पनि यस सदनलाई दिनु पर्छ भन्ने मेरो आग्रह गर्न चाहन्छु ।’
सांसद गौतमले पशुपतिनाथमा चढाइएको सुनको जलहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षण गर्नु भने राम्रो काम भएको बताइन् ।
२०८० असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








