भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ नक्सालबाट पक्राउ

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सीआईबी)ले उनलाई उनकै नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।

बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रकरणमा उनको नाम मुछिएकोले पक्राउ गरिएको बताइएको छ । ललितानिवासको जग्गा उनले भाटभटेनीको स्टोरको रुपमा प्रयोग गर्दै आएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा अनुसन्धान गरिरहेको छ । आयोगले उक्त प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमक्तिसहित १७५ जनाविरुद्ध विशेष अदालतमा २०७६ मंसिरमा मुद्दा दायर गरेको छ ।

आयोगले दारय गरेको उक्त मुद्दामा गुरुङमाथि ३९ करोड २७ लाख रुपैयाँ बिगो भराउन माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *