माया गर्छु भन्दै केटाहरुलाई ब्ल्याकमेलिङ गर्ने र ठग्ने महिला पक्राउ

विदेशी नागरिकको नाममा सामाजिक सञ्जालमा खाता बनाइ मायाजालमा पारी ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।

ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेललाई  प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले  सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर विवाह गरी विदेश लैजान्छु भन्दै मायाजालमा पारेर रकम ठगी गरेको पाइएको छ।
यसरी आठ लाखभन्दा बढी रकम ठगी गरेको आरोप उनीमाथि छ।

विश्वासमा पारी पहिलो चरणमा सामान पार्सल पठाएको छु भनी त्यसका लागि कस्टम चार्ज, डलर चार्ज वापतको रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

उनले भने, ‘सुरुमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर गठी कार्य गर्ने ललितपुरका महिला भएको पहिचान भयो।’

सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएपसमेत चलाउने व्यक्तिहरुलाई सम्पर्क गर्ने र त्यसपछि आफू इङ्ग्ल्यान्डको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ।

प्रहरीका अनुसार उनी फेसबुकमा पीडितसँग साथी बनी म्यासेजमार्फत कुराकानी गर्दा पीडितलाई फोटो पठाउन लगाई मन पराउँछु भनी ह्वाट्एपबाट सम्पर्क गर्न थाल्थिन्।

नेपालमा आएर वाह गरी लैजान्छु, गिफ्ट पठाइ दिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाइ दिएकी छु भनेर पीडतलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ।

त्यसबेला उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र तपाइँको सामान पाउनका लागि कस्टम चार्ज, डलर चार्जबापतको रकम विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाउने गरेको खुलेको छ।

उनले पटक–पटक गरी जम्मा रु आठ लाख ४० हजार रकम पठाउन लगाएपछि ठगिएको थाहा पाई पीडितहरु प्रहरीमा आइपुगेका छन्। उनलाई प्रक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवम् कारबाही थालिएको छ।

प्रतिक्रिया

One thought on “माया गर्छु भन्दै केटाहरुलाई ब्ल्याकमेलिङ गर्ने र ठग्ने महिला पक्राउ

  1. यस खालकाे केस धेरै पेन्डिङमा राखेर वसेकाे छ।प्रहरी प्रशासन फाएल ४६०हेर्न पिडित हारगुहार गर्दा अहिले सम्म केहि जानकारि दिदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =