सांसद खतिवडाको प्रश्न : पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नामबाट झरेको पानी खानुपर्ने ?

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन् ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले जलहरीमा जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले महादेवलाई नामबाट खुवाउने चलन किन परेछ ? भन्नेकुराको सत्यतथ्य आउनुपर्ने बताए ।
उनले भने ‘हामीले कसैलाई पनि मिथ्या आरोप लगाएर राजनीति गर्दैनौँ । हामीलाई झुटको राजनीति गर्नुछैन । तर त्यो भन्दा ठूलो कुरा भनेको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ, यो बाध्यता किन गरियो ? महादेवलाई उहाँहरूको नामबाट पानी खुवाउने चलन पशुपतिनाथलाई खुवाउने चलन किन परेछ ? यसमा छलफल गर्नुपर्छ । सत्यतथ्य ल्याओस् ।’
सांसद खतिवडाले नेपाली काँग्रेस मिथ्या आरोप लगाएर राजनीति गर्ने पक्षमा नरहेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *