फेरि उकालोतर्फ सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला १ लाख १० हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =