जिपलाइनमा चितवनदेखि गोरखा सरर… (तस्बिरहरू)

इच्छाकामना । त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो ।

‘रिभर फन जिपलाइन’ ५५८ मिटर लामो छ । जिपलाइनको अधिकांश भाग त्रिशूली नदीमाथि पर्दछ । यसरी नदी माथिबाटै जिपलाइनको यात्रा हुँदा नदीको सतहबाट बहने चिसो हावा र त्रिशूली नदीको दृश्यले मनै लोभ्याउँछ ।

इच्छाकामना-३ चुमखोलाबाट गोरखाको गण्डकी-१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्टमा ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ । जीपलाइन पृथ्वीराजमार्ग छेऊमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *