भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट (पूर्णपाठ)

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाखको बजेट ल्याएको छ । महानगरको १३ औँ नगरसभामा नगरका उपप्रमुख चित्रसेन अधिकारीले नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

महानगरको उक्त बजेटमा आन्तरिक आयबाट एक अर्ब ७५ करोड, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब ८३ करोड ९९ लाख, राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख र जनसहभागीताबाट ५० करोडको स्रोत जुट्ने अनुमान गरिएको छ ।

महानगरले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पुननिर्माणका लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गर्ने नीति समेत अघि सारेको छ । उक्त रंगशालाका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *