काठमा आत्मनिर्भर बन्ने लक्ष्य राखिएको छ : वनमन्त्री महतो

काठमाडौँ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी विनियोजन गरिएको बताएका हुन् । उनले आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको बताए । उनले आगामी बजेट वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकूलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्नेगरी प्रस्ताव गरिएको स्पष्ट पारे ।
उनले भने ‘अगामी बजेट व्यवस्थापन वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकूलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्नेगरी प्रस्ताव गरिएको छ । काठको उत्पादन गरी काठ तथा काष्ठजन्य वस्तु मुलुकलाई आत्मनिर्भर बनाउने र आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको छ । सामुदायिक वन, साझेदारी वन, सरकारद्वारा व्यवस्थित वनहरूमा शिल्पीकल्चरमा आधारित रहेर वनको दिगो व्यवस्थापन गर्दै काठ, दाउरा उत्पादनका लागि प्रदेश सरकारमार्फत कार्यान्वयन गर्नेगरी सशर्त अनुदानको व्यवस्था गरिएको छ । दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको छ । प्रदेश सरकारबाट पनि स्थानीय वनको अवस्था अनुसार शिल्पी कल्चरमा आधारित रही वनको दिगो व्यवस्थापन गर्नमा मापदण्डहरू स्वीकृत गरी वन व्यवस्थापन गर्न थालनी गरिएको छ ।  यसबाट वनको दिगो व्यवस्थापन भई काठ, दाउरा उत्पादनमा वृद्धि हुने र विदेशी काठको आयात कमी हुने देखिन्छ । वन नियमावली २०७९ मा निजी जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषि बाली सरह ओसार–पसार गर्न पाउने गरी व्यवस्था गरिएको छ ।’
मन्त्री महतोले दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए । त्यस्तै, निजी जग्गामा रहेका रुख, रुवा कटान गरी कृषि बाली सरह ओसार–पसार गर्न पाउने गरी व्यवस्था गरिएको उनले बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *