प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजनाहरु ल्याउँदै

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड आषाढभित्र मर्ज हुने भएको छ । प्रभु लाइफ इन्स्योरेन्सले जारी गरेको विज्ञप्तीमा बिक्रिको लागि ल्याउने बीमा योजनाहरू (प्रोडक्ट) छनोट गर्न आवश्यक रहेको बताइएको छ ।

उक्त विज्ञप्तीमा दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि श्रावण १ गतेबाट विक्रि वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट भएको बताइएको छ । नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरु स्वीकृति समेत प्राप्त भैसकेको भनिएको छ ।

नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी पन्ध्रवटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको हो ।

उक्त स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जबको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जिवन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *