कोरिया जान नपाएका युवाले घेरे ईपीएस कोरिया शाखा (तस्बिरहरु)

काठमाडौँ । ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएका नेपाली युवाले आइतबार ललितपुरको ग्वार्कोस्थित इपीएस कोरिया शाखा घेराउ गरेका छन् ।

एक पटक कोरियामा काम गरेर फर्किएका र भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाहरुले कोरिया जान पाउनुपर्ने माग गरेका छन् । करिब ७ सयको संख्यामा रहेका युवाले नराबाजीसहित उक्त शाखा कार्यालय घेराउ गरेका हुन् ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *