बन्दीपुर अर्थात् पुराना बस्तीहरूको नमुना (तस्बिरहरू)

तनहुँ । गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नम्बर ४ मा पर्छ पर्यटकीय स्थल बन्दीपुर । प्रायः नेपाली र बाह्य पर्यटकको घुम्ने गन्तव्यमा पर्ने बन्दीपुर प्रकृति र इतिहासको सङ्गम थलो भन्दा फरक पर्दैन ।

बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम सहर हो । ‘पहाडकी रानी’ उपमाले चर्चित बन्दीपुर, आन्तरिक तथा बाह्य पर्यटकको विशेष रोजाइमा पर्ने गरेको छ ।

नेवारी संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । बन्दीपुर बजारको पहिचान नै पुराना घरहरू हुन् । मुख्य बजार क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरेर यस्ता घरहरूको संरक्षण गरिएको छ । जुन निकै प्रशंसनीय कार्य हो । यसले इतिहासको सुरक्षा र पर्यटकहरूलाई लोभ्याउने काम गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको छ ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमश्रृंखलाहरुको मनोरम दृश्य देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *