सन्दीपले लिए नेदरल्याण्ड्सको २ विकेट
२०८० असार ९ गते

जित नजिक पुगेको नेदरल्याण्ड्सले २ विकेट गुमाएको छ। नेपालका सन्दीप लामिछानेले दुवै विकेट लिएका हुन्। ४३ बल खेलेर ३० रन बटुलेका विक्रमजित सिंहलाई १३ औं ओभरमा सन्दीपले एलबीडब्लु धरापमा पारे।
त्यसपछि आएका वेस्ली वरेस्सीलाई पनि सन्दीपले नै क्याचआउट गराए। बरेसी ३ रनमै आउट भए।
२ विकेट गुमाए पनि नेदरल्याण्ड्स जित नजिक पुगेको छ। यसअघि नेपालले १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ। उक्त लक्ष्य भेट्न अब नेदरल्याण्ड्सलाई ३५ ओभरमा ७१ रन आवश्इक छ।
१५ ओभरको खेल सकिँदा नेदरल्याण्ड्ले २ विकेटको क्षतिमा ९७ रन जोडेको छ।
२०८० असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








