ड्रागन बोट रेसमा सिचुवान विजेता

पोखरा । पोखराको फेवातालमा सम्पन्न ड्रागन बोट रेस फेस्टिभलको उपाधी चीनको सिचुवान टीमले जितेको छ ।
शुक्रबार र शनिबार भएको २ सय र ५ सय मिटर दौडको दुवै विधामा सिचुवान पहिलो भएको हो ।
उपाधीसँगै सिचुवानले ५ लाख ५० हजारका दरले दुईवटा पुरस्कार पाएको छ ।
पोखराको नारा टीम दोस्रो भएको छ । दुवै प्रतिष्पर्धामा नारा दोस्रो भएको हो । उसले पनि ३ लाख ५० हजारका दरले दुई पुरस्कार पाएको छ ।
यस्तै, चीनकै युनान टीम तेस्रो भयो । दुवै विधामा युनान तेस्रो बनेर २ लाखका दरले पुरस्कार पाएको हो ।
प्रतियोगितामा नेपालका ४ र चीनका ४ गरी ८ टीमको सहभागिता थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *