नेपाल शंकटमा, दीपेन्द्र पनि आउट

आईसीसी विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्ध खेलिरहेको नेपालले फेरि अर्को विकेट गुमाएको छ। दीपेन्द्रसिंह ऐरी १४ रनमै आउट भएका हुन्।

यसअघि छैठौं विकेटमा कप्तान रोहित पौडेल क्याच आउट भएका थिए। ५५ बल खेलेका रोहित ३३ रन जोडेर आउट हुन पुगे।

३५ औं ओभरको खेल चलिरहँदा नेपालले ७ विकेटको क्षतिमा १२७ रन बनाएको छ। अहिले सन्दीप लामिछाने र गुल्सन झा क्रिजमा छन्।

यसअघि कुशल मल्ल १२ रनमा आउट भएका थिए।

आरिफ खेश ६ रनमा आउट हुँदा भीम सार्की २ रनमा पेबेलियन फर्किए। ओपनर कुशल भुर्तेलले २७ रन जोड्दा आशिफ शेख शून्य रनमै आउट हुन पुगे।

आजको खेल जित्न नसकेमा नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिने छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =