विश्वकप छनोट

युएई बाहिरियो समूह चरणबाटै

विश्वकप छनोटमा युएई लगातार तेस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ। अन्तिम खेलमा आयरल्याण्डसँग भिड्नु अघि नै युएई पनि समूह चरणबाटै बाहिरिने निश्चित भएको हो।
यसअघि समूह ए बाट अमेरिका पनि अन्तिम खेल अघि नै बाहिरिने निश्चित भइसकेको छ।

युएई शुक्रबार जित्नै पर्ने दबाबकाबीच स्कटल्यान्डसँग १ सय ११ रनले पराजित हुँदै बाहिरिएको हो। २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय ७१ रनमा अल आउट हुँदा विश्वकप खेल्ने सपना यहीँ टुट्न पुग्यो।

युएईका कप्तान मोहम्मद वासिमले ५७ बलमा ६ चौकासहित सर्वाधिक ३६ रन बनाए। त्यस्तै बासिल हामिद २९ बलमा २ चौका र २ छक्कासहित ३०, रोहन मुस्तफा १२, आसिफ खान १७, अली नासिर १९, आयन खान २१ र कार्तिक मयाप्पनले २३ रन बनाए।

स्कटल्यान्डका शफ्यान शरिफले ६।३ ओभरमा १ मेडनसहित ३० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्रिस सोलले ८ ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि बुलावायो एथ्लेटिक क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो। स्कटल्यान्डका कप्तान रिची बेरिंग्टनले १ सय ३६ बलमा ९ चौका र ३ छक्कासहित १ सय २७ रनको कप्तानी शतकीय इनिङ खेले। उनको यो ओडिआई करिअरको चौथो शतक र उत्कृष्ट प्रदर्शन हो।

मार्क वाट ३१ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा नट आउट थिए। आठौं विकेटका लागि रिची र मार्क वाटले ६६ बलमा १ सय ९ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।

स्कटल्यान्ड एक समय १४।५ ओभरमा ४८(४ को दयनीय अवस्थामा पुगेको थियो। पाँचौं विकेटका लागि रिचीले माइकल लिस्कसँग ६७ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । लिस्क ४६ बलमा ३ चौका र २ छक्कासहित ४१ रनमा आउट भए।

युएईका तीव्र गतिका बलर जुनैद्ध सिद्दिकले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ९ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए।

युएई पहिलो खेलमा १ सय ७५ रन र ओमानसँग ५ विकेटले पराजित भएको थियो । युएईले अन्तिम खेल मंगलबार आयरल्यान्डसँग खेल्नेछ । यता स्कटल्यान्डको यो लगातार दोस्रो जित हो। समान दुई अंक भएपनि नेटरनरेटको कारण श्रीलंका शीर्षस्थानमा छ ।

स्कटल्यान्डले पहिलो खेलमा आयरल्यान्डलाई एक विकेटले हराएको थियो । स्कटल्यान्डले आइतबार ओमान र मंगलबार श्रीलंकासँग खेल्नेछ।

स्कटल्यान्ड एक खेलमा विजयी भएमा सुपर सिक्समा पुग्नेछ। ओमानले पनि सुरुवाती दुई खेल जितेको थियो। स्कटल्यान्डलाई हराएको खण्डमा सुपर सिक्समा पुग्ने समिकरण छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =