पोखरामा सुरु भयो ड्रागन बोट रेस फेष्टिभल (तस्बिरसहित)

पोखरा । पोखरामा ड्रागन बोट रेस फेष्टिभल सुरु भएको छ । पर्यटन प्रबद्र्धन र नेपाल चीन सम्बन्ध विस्तारका लागि ड्रागन बोट रेस फेष्टिभल आयोजना गरिएको हो । नेपाल स्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा दक्षिण एसियामै पहिलो पटक महोत्सव आयोजना गरिएको हो ।

फेवातालमा भएको प्रतिश्पर्धामा ४ नेपाली र ४ चिनियाँ सहित ८ टीमको सहभागिता छ । चिनियाँ टोलीमा सिंगापुर र हङकङ समेत सहभागी छ । आज सुरु भएको प्रतियोगिता भोलि सकिनेछ । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे ।

आज २ सय मिटर र ५ सय मिटरको केही इभेण्टका खेल सकिएका छन् । पोखराका मेयर धनराज आचार्यले यो महोत्सवले पोखरामा अन्तर्राष्ट्रिय पर्यटक बढाउन टेवा पुग्ने बताए । ‘चीनले सबै डुंगा पोखरामै छोड्ने भनेको छ । हामी हाम्रा खेलाडीहरु पनि उत्पादन गर्छौं,’ उनले भने, ‘आज प्रतियोगिता पहिलो पटक भएको छ । यसलाई हरेक वर्ष आयोजना गर्ने पोखराको लक्ष्य छ ।’

प्रतियोगितामा विजेताले २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा प्रयोग गरिने विशेष प्रकारको डुंगा र अन्य सामग्री पनि चीनबाट ल्याइएको हो । यही महोत्सवका लागि बुधबार चीनको लिङ्जी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली जहाज चार्टर गरेर पोखरा आएका थिए ।

प्रतियोगिता सकिएपछि सबै डुंगा पोखरा महानगरपालिकलााई हस्तान्तरण हुने बताइएको छ

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *