पोखरामा ड्रागन बोट रेस फेस्टिभलको तयारी पूरा

पोखरा । पोखराको फेवातालमा शुक्रबारदेखि ड्रागन बोट रेस फेस्टिभल हुँदै छ।

नेपाल–चाइना फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चिनियाँ टोली विमान चार्टर्ड गरेर पोखरा आइसकेको छ।

चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा दक्षिण एसियामा पहिलो पटक पोखरामा उक्त महोत्सव हुन लागेको हो।

दुई दिन चल्ने प्रतियोगितामा चीनका ४ र नेपालका ४ सहित ६ टीमको सहभागिता रहने छ।

प्रतियोगिताका लागि चीनबाट नै विशेष प्रकारका डुंगा पोखरा ल्याइएको छ । चीनले यो महोत्सवका लागि मात्रै ४ करोड भन्दा बढी खर्च गर्ने बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *