अमेरिका एक खेल अघि नै बाहिरियो

अमेरिका आइसिसी विश्वकप छनोटमा समूह चरणबाटै बाहिरिएको छ। अन्तिम खेलमा जिम्बाब्वेको सामना गर्नु अघि नै उसको यात्रा टुंगिने निश्चित बनेको हो।

पहिलो खेलमा वेष्ट इण्डिजसँग पराजित भएको अमेरिका त्यसपछि नेपाल र नेदरल्याण्ड्ससँग पराजित भएको हो। समूहमा जिम्बाब्वे र वेष्ट इन्डिजको समान ४ अंक हुँदा नेपाल र नेदरल्याण्ड्सको दुई अंक छ। यी दुई टोलीबीचको बिजेता पनि सुपर सिक्समा पुग्ने निश्चित भएकाले अमेरिकाको सम्भावना सकिएको हो।

बिहीबार नेदरल्याण्ड्सलाई अमेरिकाले जितको लागि २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेदरल्यान्ड्सले ४३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।

जुन नतिजाले अमेरिकाको अघिल्लो यात्रा यहीँ टुंगिने निश्चित गर्यो।

नेदरल्यान्ड्सका कप्तान स्कट एड्वाड्र्स ६० बलमा ६ चौकासहित नटआउट ६७ रनको योगदान गरे। तेजा निडामानुरुले ५८ रन जोडे।

अमेरिकाका लागि जेसी सिंहले दुई तथा अली खान, सौरभ नेत्रवालकर र नोष्तुश केन्जिगेले समान एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । अमेरिकाका शायन जहांगिरले ८६ बलमा सर्वाधिक ७१ रनको जोडे।

जेसी सिंह ३८ रनमा आउट हुँदा गजानन्द सिंह ३३, स्टिभ टेलर र साइतेजा मुक्कामल्लाले समान १० रन बटुले।

नेदरल्यान्ड्सका रायन केलीन र बास डि लिडेले समान दुई विकेट लिँदा लोगन भान बिक, अर्यान दत्त, विक्रमजित सिंह र फ्लोडले समान एक विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =