नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल छनोटमा वेस्ट इन्डिजविरुद्ध तीन सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

ओपनर कुशल भुर्तेल अल्जारी जोसेफले फालेको दोस्रो ओभरको चौथो बलमा बोल्ड भएका थिए। वान् डाउनमा क्रिजमा उत्रिएका भीम सात बलमा दुई रन जोडेर जेशन होल्डरको बलमा शाई होपको हातबाट क्याच भए ।

नेपालले ४/४ ओभर सकिँदा दुई विकेट गुमाएर २३ रन बनाएको छ। भीमको बहिर्गमनसँगै क्रिजमा कप्तान रोहित पौडेल उत्रिएका छन् । अर्का ओपनर आसिफ शेख १५ रन बनाएर खेलिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =