नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन : जनार्दन शर्मा

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता नभएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन् ।

उपमहासचिव शर्माले अर्गानिक मल कारखानाको भने अवश्यक्ता रहेको औँल्याए । हामीसँग भएका स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना भने नेपालले बनाउन सक्ने उनको भनाई थियो । उपमहासचिव शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि सङ्घीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरू स्थापना गर्ने, कोल्डस्टोरहरु स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने आवश्यक्ता समेत औँल्याए ।

उनले भने ‘आज रासायनिक मल कारखानाको कुरा आईराखेको छ । नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता छैन । अर्गानिक मल कारखानाको आवश्यक्ता छ । हामीसँग भएका स्रोत, साधनहरूबाट, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कृषिमा आधारित उद्योगलाई संघले अध्ययन र अनुसन्धान गर्ने, विज्ञहरूको उपलब्धता गराउने र प्रदेशले प्रशोधन उद्योगहरू स्थापना गर्ने, कोलस्टोरहरु बनाउने र स्थानीय सरकारले उत्पादनमा जोड दिने, बाँझो जमिनको प्रयोगमा ध्यान दिनु पर्दछ ।’

उपमहासचिव शर्माले कृषि अनुदानको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया

One thought on “नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन : जनार्दन शर्मा

  1. अब पनि नेपाली लाई चुतिया बनाउने २१ सौ सताब्धि मा अब चुतिया बना .दलाल भ्रस्ट कुत्ता डाका अनपढ भ्रस्ट आफु लाई पैसा मा बेचेका क्रिमिनल झोले कार्यकर्ता गुन्डा को जमात लाई Iक्रिसी मा आत्मनिर्भर भै सके पछि मात्र अर्गानिक मल मा जानुपर्छ – पहिले पेटको ज्वाला लाई सान्त गर —त् (जनार्दन ) कुत्ता ले त् खर्बौ खर्ब लुटेको छस -अर्गानिक मल क समान किन्न सक्छस- नेपाल का ग्रामिण र भरिया हरुले के अर्गानिक मल मा उत्पादन भएको बस्तु किन्न सक्छन ???? दलाल कुत्ता हरामी डाका भ्रस्ट जनार्दने- खाली इन्डिया कै लागि सोच छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =