पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो विदेशी जहाज (तस्बिरहरू)

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । उद्घाटन भएको करिब ६ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो ।

चिनियाँ वायुसेवा कम्पनी ‘सिचुवान एयरलाइन्स’ को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा ओर्लिएको हो । उक्त जहाज चीनको सिचुवान प्रान्त बाट उडेको हो । २ घण्टा ५५ मिनेटमा जहाज पोखरा आइपुगेको बताइएको छ ।

शुक्रवारदेखि पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुन आएका खेलाडीसँगै दर्शक र चिनियाँ पर्यटकहरूले विमान चार्टर्ड गरेका हुन् । जहाजमा १३० जना यात्रु सवार थिए । चार्टर्ड उडानमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, चीनको लिङ्जी नगरका उपप्रमुखसहितका उच्च पदस्थ व्यक्तित्वहरू पोखरा आएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अङ्ग्रेजी नयाँ वर्षको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् । चार्टर्ड उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय विमान पोखरामा अवतरण भएपनि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान भने अझै अन्योलमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *