अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

काठमाडौं । अमेरिकाले जारि आईसीसी विश्वकप छनोटमा नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भयो ।

अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । अमेरिकाले सुरुआतको चार विकेट सस्तै गुमाएको थियो ।

पाँचौ विकेटका लागि गजानन्द सिंह र मोदानीले ७३ बलमा ४७ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजसँगको अघिल्लो खेलमा शतक बनाएका सिंह २६ रनमा आउट भएका थिए ।

गजानन्द ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएर आउट भए । छैटौं विकेटका लागि शायन जाहान्गिर र सुशान्त मोदानीले ३७ बलमा २९ रनको साझेदारी गरे । ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए ।

सातौं विकेटका लागि जाहान्गिर निर्शग पटेलले ५४ बलमा ३४ रनको साझदारी गरे । पटेलले २५ बल खेलेर ८ रन बनाए । आठौं विकेटका लागि जाहान्गिर र जसदिप सिंहले ४१ बलमा ४२ रनको महत्वपूर्ण साझेदारी गरे । जसदिपले २५ बलमा १२ रन बनाए ।

नवौं विकेटका लागि जाहान्गिर र सौरभ नेत्राभाल्करले ३२ बलमा ३७ रनको साझेदारी गरे ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =