धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स खुला गर्न अर्थ समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा सदंसदको अर्थ समितिले धितोपत्र ब्रोकरको नयाँ लाइन्सेन्ट वितरण प्रक्रया तत्काल खुला गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले यस्तो निर्देशन दिएको हो ।

नयाँ धितो पत्र लाइसेन्सका लागि नयाँ ४३ कम्पनीले प्रक्रिया अघि बढाएको र उनीहरुले सञ्चालनमा ल्याएका कम्पनीहरुमा ४० करोड रुपैयाँभन्दा बढी लगानी भएको तथा मासिक ४ करोडसम्म सञ्चालन खर्च लागिरहेको भन्दै नयाँ धितोपत्र दलाल व्यवसायीले तत्काल लाइसेन्स दिए माग गरेका थिए ।

समितिका केही सांसदको विरोधका कारण समितिको २९ जेठमा बसेको बैठकले उक्त लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

मापदण्ड नपुगेकालाई लाइन्सेन्स नदिन निर्देशन पनि समितिले दिको छ । सर्वोच्च अदालतले समेत नयाँ धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिने प्रक्रिया नरोक्न आदेश दिएकोले समितिले खुला गरेको समितिका सभापती सन्तोष चालिसेले बताए ।

हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *