बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय जहान अवतरण हुनेछ पोखरामा

पोखरा । पोखरामा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्नेछ । चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उक्त जहाज ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण गर्नेछ भने १ घण्टा पोखरामै अडिने छ । पोखराबाट काठमाडौँ उड्ने र उतैबाट पुनः चीन फर्किनेछ ।

बिहीबारदेखि पोखरामा हुने नेपाल–चीन ड्रागन बोट रेस फेष्टिभलमा आफ्ना खेलाडी ल्याउन सिचुवानले न्यारोबडी ३१९ चार्टर्ड गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिचुवानलाई उडान अनुमति दिएको छ । सिचुवानमा नेपालबाट गएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित उच्च पदस्थ अधिकारीहरू र चिनियाँ खेलाडीहरू पोखरा आउने कार्यक्रम तय भएको बताइएको छ । जहाजमा १ सय ३० जना यात्रु आउनेछन् ।

२०२३ जनवरी १ तारिखका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहका बिच उद्घाटन गरेका विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । चार्टर्ड जहाज आउने भएपनि त्यसपछि पनि नियमित उडान भने अझै अन्योलमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *