यूएईमाथी श्रीलंकाको फराकिलो जित, वानिन्दुले लिए ६ विकेट

स्पिनर वानिन्दु हसरंगाले ६ विकेट लिँदा श्रीलंकाले युएईमाथी फराकिलो जित हात पारेको छ। आइसिसि एकदिवसीय विश्वकप छनोटमा श्रीलंकाले १ सय ७५ रनको जित हात पारेको छ ।

जितको लागि ३ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको युएई ३९ ओभरमा १ सय ८० रनमा अल आउट भयो। युएईका कप्तान मोहम्मद वासिम र वित्य अरबिन्दले समान ३९ रन बनाए।

जवाफी ब्याटिङको सुरुवात राम्रो गरेको युएई मध्य र अन्तिमक्रममा टिक्न सकेन। १६ ओभरमा ८१ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो।

वासिम हसरंगाको बलमा आउट भएपछि युएईको इनिङ धरासयी बन्यो।

अलि नासिर ३२ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । रमिह शाहजाद २६ र आसिफ खानको ८ रनमा आउट भए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ८ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ६ विकेट लिए।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५५ रन बनाएको थियो ।

श्रीलंकाका कुशल मेन्डिसले ६३ बलमा १० चौकासहित सर्वाधिक ७८ रनको योगदान दिए । सदिरा समाराविक्रामाले ६४ बलमा ९ चौकासहित ७३ रन बनाउँदै रन आउट भए । तेस्रो विकेटका लागि कुशल र सदिराले १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए ।

श्रीलंकालाई ओपनर पाथुम निसांका र दिमुथ करुणारत्नेले ९५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । दिमुथ ५४ बलमा ७ चौकासहित ५२ रनमा आउट भए । स्पिनर आयन खानको बलमा उनी एलबीडब्लू आउट हुन पुगे । निसांका ७६ बलमा ५ चौकासहित ५७ रनमा बासिल हामिदको बलमा बोल्ड हुन पुगे ।

चरिथ असालंका २३ बलमा ५ चौका र २ छक्कासहित ४८, कप्तान दासुन शानका १ र धनन्जय डि सिल्भा ५ रनमा आउट भए । वानिन्दु हसरंगा १२ बलमा ३ चौकासहित २३ रनमा नटआउट रहे ।

युएईका युवा तीव्र गतिका बलर अली नासिरले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफा, आयन खान र बासिल हामिदले समान एक विकेट लिए । यही समूहको अर्को खेलमा ओमानले आयरल्याण्डमाथी कीर्तिमानी जित हात पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *