विश्वकप छनोटमा आयरल्यान्डमाथी ओमानको कीर्तिमानी जित

ओमानले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयरल्यान्डमाथी ५ विकेटको किर्तिमानी जित हात पारेको छ ।

२ सय ८२ रनको बलियो लक्ष्य पछ्याएको ओमानने ४८.१ ओभरमा ५ विकेट गुमाउदै पूरा गर्यो। ओमानको जितमा मोहम्मद नदिम ५३ बलमा ४ चौका सहित ४६ रनमा अविजित रहे । सोएब खान १७ बलमा ३ चौका सहित १९ रनमा नट आउट रहे ।

ओमानले ओडिआई खेलमा टेस्ट टोली आयरल्यान्डलाई पहिलो पटक हराएको हो। ओपनर कश्याप प्रजापतिले ७४ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए ।

ओपनर जतिन्दर सिंह १ रनमै आउट भए । दोस्रो विकेटका लागि अकिब इलियास र कश्याप प्रजापतिले १ सय २ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । अकिब ५९ बलमा ८ चौका सहित ५२ रनमा आउट भए । अकिब जर्ज डोकरेलको बलमा ग्यारेथ डेलानीबाट क्याच आउट भए ।

कप्तान जिशान मकसुद ६७ बलमा ४ चौका र १ छक्कासहित ५९ रन बनाउदै आउट भएपछि ओमान जित तर्फ अघि बढेको थियो

आयरल्यान्डका जोश लिटिलले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले २ विकेट लिए ।

त्यसअघी बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । आयरल्यान्डका जर्ज डोकरेल ८९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९१ रनमा नट आउट रहे।

शीर्ष र मध्यक्रमका प्रमुख ब्याटरले ठूलो इनिङ खेल्न नसकेपछि टेस्ट टोली आयरल्यान्ड चुनौतीपूर्ण लक्ष्यमै रोकिएको थियो । पहिलो विकेटका लागि ओपनर पल स्टरलिङ र एन्डी म्याकबर्नीले ९ ओभरमा ५१ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

प्रमुख तथा विष्फोटक ब्याटर स्टर्लिलिङ बिलाल खानको बलमा आयन खानबाट २३ रनमा क्याच आउट भए । उनले २७ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर म्याकबर्नी २८ बलमा ४ चौकासहित २० रनमा आउट भए ।

जिशान मकसुदले कप्तान एन्डी बालबर्नीलाई ७ रनमा विकेटकिपर नसिम खुशीबाट क्याच गराउँदै दबाब बढाए । ह्यारी टेक्टर ८२ बलमा ५ चौकासहित ५२ र लोर्कान टकर २६ रनमा आउट भए । ग्यारेथ डेलानी २० र मार्क आदिरले १५ रन जोडे ।

ओमानका बिलाल खान र फैयज बटले समान दुई विकेट लिए । जिशान मकसुद, आयन खान र जय ओडेराले एक एक विकेट लिए । त्यस्तै अर्को खेलमा श्रीलंकाले युएईलाई १ सय ७५ रनले पराजित गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *