नेताहरू राष्ट्र र पार्टीको भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भए : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् । उनले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राष्ट्र र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हाबी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताए ।
उनले पछिल्लो समय नेताहरूमा मात्रै नभएर सरकार, संसद्, न्यायालय, राज्यका संवैधानिक निकायहरू समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हाबी भएको दाबी गरे । उनले राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको बताए । नेता सिटौलाले नेपालको वर्तमान राजनीतिक अवस्थाले  निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने बताए ।
उनले भने, ‘नेपालको आजको राजनीतिक अवस्थाको निरन्तरता हुने हो भने र नेपाली काँग्रेस भित्रको अवस्था पनि यस्तै अवस्थामा चल्ने हो भने हामीले सोचेको गन्तव्यतर्फ पुग्न सकिँदैन । यसको निरन्तरता भए झन्डै २०५८ सालतिरको अवस्था नहोला भन्न सकिँदैन । त्यसैले एक पटक नेपाली काँग्रेस तथा तमाम लोकतन्त्रवादीहरूले सिङ्गो देशलाई नेतृत्व प्रदान गर्दछ । देशलाई व्यवस्थापन दिनुछ । देशमा आम जनताले चाहेको जस्तो देश बनाउने जे सपना बोकेका थिए । त्यो चाहे जस्तो बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्छ । नेताहरूले पार्टी र राष्ट्रको स्वार्थ भन्दा व्यक्तिको निजी स्वार्थ हाबी भयो । नेपाली काँग्रेस लगायत सबै पार्टी, सरकार, संसद् तथा संवैधानिक निकायहरूमा समेत व्यक्तिगत स्वार्थ हाबी भएको छ । यस्तो भएपछि कसरी संविधानको सही कार्यान्वयन हुन्छ । सरकार तथा न्याय पालिकाभित्र समेत संविधानले तय गरेको गन्तव्य मूल्य र मान्यता भन्दा पनि निजी स्वार्थ हाबी भएको छ । राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी भएको कारण अनेकौँ कमजोरी भएका छन् ।’
उनले नेपाली कांग्रेस भित्रको अवस्थामा अहिले कै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था हुने बताए । उनले एक पटक नेपाली काँग्रेसले देशमा आम जनताले चाहेको जस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्ने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =