संसदीय समितिहरूका सभापति तत्काल चयन गर्नुपर्छ : लिलानाथ श्रेष्ठ

काठमाडौँ । नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले सङ्घीय संसद अन्तरगतका विषयगत समितिहरूको सभापति तत्काल चयन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले सङ्घीयताका लागि अति आवश्यक ऐन, नियम, कानुन बनाउन पनि ती समितिहरूको सभापति चयन कार्य ढिलाइ गर्न नहुने बताएका हुन् ।
सांसद श्रेष्ठले समिति बनाउने काममा समेत ढिलाइ भएकाले ती समितिहरूको सभापति चयन प्रक्रियामा भने ढिलाइ गर्न नहुने बताए ।  सांसद श्रेष्ठले समितिका सभापतिहरूको चयन नहुँदा स्थानीय तहको विकास, निर्माणको कामलाई अघि बढाउने कानुन निर्माणको काम समेत अवरुद्ध भएको बताए ।
उनले भने ‘यो सरकार बनेको ५ महिना १६ दिन भयो । मुख्य हाम्रो काम भनेको ऐन, नियम बनाउनु हो । आज समिति बन्नलाई धेरै लामो समय लाग्यो । समिति बनिसकेपनि समितिको सभापति चयन भएको छैन । जसले महत्वपूर्ण ऐन, नियम, कानुन बन्न सकेको छैन । आज हामीले राष्ट्रिय निजामती कर्मचारी ऐन बनाउन सकेको छैन । सङ्घीय संसद प्रहरी ऐन बन्न सकेको छैन । सङ्घीय निजामती शिक्षा ऐन बन्न सकेको छैन । त्यसकरणले आज स्थानीय तह निमित्तले चलाउनु परिरहेको छ । त्यसले गर्दा आज धेरै बेरुजुहरू बढेको छ । कानुन, नियम नभएको, कर्मचारी नभएकाले स्थानीय तहहरूको बेरुजु बढेको छ । त्यहाँको विकास, निर्माणमा अवरोध पुगेको छ ।’
सांसद श्रेष्ठले कानुनहरूको निर्माण गरी सङ्घीयता कार्यान्वयनका कामहरूलाई तीव्रता दिनुपर्ने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =