मधेशका पूर्व राज्यमन्त्री भन्छन्- ‘सीता नेपाली चेली थिइनन्, बालेन नाटक मञ्चन गर्दैछन्’

जनकपुरधाम । भारतीय फिल्म ‘आदिपुरुष’को संवादको विषयमा विवाद चलिरहेको बेला मधेश प्रदेशका पूर्वपर्यटन राज्यमन्त्री सुरेश मण्डलले सीता नेपाली चेली नै नभएको दाबी गरेका छन् ।

फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतीय चेलीको रूपमा चित्रण गरिएको छ । त्यसको विरोधमा काठमाडौँका मेयर बालेन साह एक्सनमा देखिन्छन् । उनले काठमाडौँमा आजदेखि भारतीय सबै फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । तर मधेशका पूर्वपर्यटन राज्यमन्त्री मण्डल ‘सीता नेपाली चेली थिइनन्’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीता नेपाली चेली थिएन । त्रेता युगमा वर्तमान नेपालको अस्तित्व पनि थिएन । उनी मिथिलाका राजा जनककी छोरी थिइन् । प्राचीन मिथिला हाल नेपाल र भारत दुबैमा पर्दछ । रामायण ग्रन्थका अनुसार उनको जन्म सितामढी (त्रेतायुगिन मिथिला र हाल भारतको बिहार राज्य) तथा पालन पोषण (त्रेताकालिन मिथिलाको राजधानी जनकपुरधाम र हाल नेपालको मधेश प्रदेश)मा अवस्थित छ ।’

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका उनले मेयर बालेनले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएकोमा पनि आक्रोश पोखेका छन् । ‘काठमाडौँका मेयर बालेन शाहले आफूलाई मधेशी नलिदिन र खाटी दरवारीया राष्ट्रवादी साबित गर्न हिन्दी सिनेमा बन्दको नाटक मञ्चन गरिरहेका छन्,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *