वानएक्सबेटमा पक्राउ कलाकारलाई अझै एक हप्ता थुनामा राख्न अनुमति
२०८० असार ३ गते

अनलाइन जुवा एप्स ‘वान एक्स बेट’को प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकारलाई थप एकसाता थुनामा राख्न अदालतले अनुमति दिएको छ।
यसअघि तीन दिन थुनामा राखिएका ८ जना कलाकारलाइृ अझै एकसाता थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो।
८ जना कलाकारले १०देखि ४० लाख रुपैयाँ लिएर प्रचार गरेको प्रहरीको दाबी छ।
गत बिहीबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
अपराध अनुसन्धान कार्यालयले बिहीबार हास्यकलाकारहरू ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे ‘ढेडो बूढो’, भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा ‘जिडी’ लाई पक्राउ गरेको थियो।
२०८० असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








