प्रहरीले लखेट्दा लखेट्दै पाइपभित्र छिरेका व्यक्ति बेपत्ता

आइतबार प्रहरीले लखेट्दा लखेट्दै एक व्यक्ति फरार भएका छन्।

अपराह्न साढे ३ बजेतिर ट्राफिक प्रहरी वृत्त, गौशालाको टोलीले सेतोपुल नजिक मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई फेला पारेको थियो।

तर प्रहरी नजिक जानासाथ उनी भागे। ट्राफिक प्रहरीका जवान उनलाई लखेट्दै अगाडि बढे। मैतीदेवी, सेतोपुल पुगेपछि ती व्यक्ति पुलमुनि करिडोरको बाटोतिर लागे ।

प्रहरीले नछाडेपछि उनी पुलमुनिको ह्यूमपाइपभित्र छिरे।

ह्यूमपाइपभित्र छिरेपछि ट्राफिक प्रहरीले फेला पार्न सकेनन्। पछि उनले अरु प्रहरीलाई खबर गरेर आफ्नो डीयूटीमा फर्किए।

प्रहरीले लामो समयसम्म खोज्दा पनि उनी फेला परेनन्। अनेक खोजि गर्दा पनि फेला नपारेपछि प्रहरी फर्किएको छ। ती व्यक्ति भने त्यहीँ बेपत्ता भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =