कुशल पछि आसिफ पनि आउट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी जिम्बावेविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमाएको छ ।

हरारे मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ९५ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ९९ रनमा आउट भएका थिए । उनी कीर्तीमानी शतक बनाउन १ रनले चुके । कुशल विलिटन मासाकादजाको बलमा बोल्ड भएका थिए ।

यस्तै, आसिफ शेख सय बलमा ६६ रन बनाएर आउट भए । आसिफ पनि मासाकादजाकै बलमा क्याच आउट भए ।

आउट हुनु अघि आसिफ र कुशलले नेपालका लागि ओडीआईमा १ सय ७१ रनको कीर्तिमानी साझेदारि गरे । यसअघि, सर्वाधिक १ सय ३९ रनको साझेदारी ज्ञानेन्द्र मल्ल र आसिफ शेखले त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्ध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *