विश्वकप क्वालिफायर : जिम्बाबेको सामना गर्दै नेपाल

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर आजदेखि सुरु हुँदैछ । आज उद्घाटन खेलमा नेपालले आयोजक जिम्बाबेको सामना गर्दै छ । खेल नेपाली समय अनुसार अपराह्न १२: ४५ बजेदेखि सुरु हुँदैछ ।

आज समूह ए मा रहेका अमेरिका र वेस्टइन्डिज पनि सोही समयमा खेल्दैछन् । नेपालले आफ्नो दोस्रो खेल असार ५ मा अमेरिकासँग, असार ७ मा वेस्टइन्डिजसँग र समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका रहेको छ ।

नेपालले विश्वकप क्वालिफायरअघि दक्षिण अफ्रिकामा दुई र जिम्बाबे पुगेर दुई अभ्यास खेल खेलेको थियो । जसमा तीन खेलमा हार बेहोरेको थियो भने अन्तिम खेलमा ओमानविरुद्ध जित हासिल गरेको थियो ।

विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।

दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।  प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ ।

नेपाली टिम: रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *