हङकङविरुद्धको खेल रद्द, बाहिरियो नेपाल

काठमाडौं । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ । आजका लागि तय भएको हङकङ र नेपालबीचको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल बाहिरिएको हो ।

खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडे । नेपालको खेल रद्द हुँदा समूह ‘ए’ बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनलमा पुगेका हुन् । नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो । भारतसँग भने वर्षाकै कारण अंक बाँड्नु परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *