हङकङको सामना गर्दै नेपाल

काठमाडौँ । नेपालले जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज आयोजक हङकङको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ६: ४५ बजेदेखि हङकङको मिसन रोड क्रिकेट मैदानमा हुनेछ ।

यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग हार बेहोरेको थियो भने भारतसँगको खेल वर्षाले रुद्ध हुँदा एक अंक हासिल गरेको छ । समूह ए मा भारत २ खेलमा ३ अंकसहित शीर्ष स्थानमा छ भने पाकिस्तान पनि २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालको २ खेलमा १ अंक रहेको छ र नेपाल तेस्रो स्थानमा छ भने २ खेलमा १ अंक रहेको हङकङ चौथो स्थानमा छ ।

प्रतियोगितामा नेपालको सेमिफाइनलको सम्भावना अझै कायम रहेको छ । अब नेपालले सेमिफाइनलमा पुग्न हङकङलाई ठुलो अन्तरले पराजित गरेपछि आजै हुने भारत र पाकिस्तानबीचको खेलको नतिजामा भरपर्नु पर्ने देखिएको छ । समूह बि बाट भने बंगालदेश ए र श्रीलंका ए सेमिफाइनलमा पुगेका छन् भने युएई र मलेसिया बाहिरिएका छन् ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए र आयोजक हङकङसँगै समूह ए मा रहेको छ ।

नेपाली टीम- रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अश्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कविता जोशी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *