पर्यटन प्रवर्द्धन गर्न ‘बुलेट’ यात्रा (तस्बिरहरू)

काठमाडौँ । नेपालको स्विट्जरल्याण्ड भनेर चिनिने दोलखाको जिरीको पर्यटन प्रवर्द्धन गर्न नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोगमा ३ दिने ‘जिरी घुम्न जाऔँ फिरिरि’ भन्ने मूल सन्देशका साथ बुलेट र्‍यालीको आज सुभारभ्भ भएको छ ।

काठमाडौँदेखि १८८ किमी दुरीमा रहेको जिरी आजै जिरी पुग्ने र जिरी नगरपालिकाले स्वागत गर्ने नेपाल बुलेट हाउस का सञ्चालक रमेश कार्की ले जानकारी दिए । भोलि जिरी सेरोफेरो घुमेर र्‍याली आइतबार मात्र फर्किने छ ।

जिरी घुम्न जाऔँ फिरिरि अभियानका अभियन्ता तथा पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष लीला खड्काअनुसार यो र्‍यालीले जिरीको पर्यटन उकास्न ठुलो टेवा पुर्‍याउने र जिरीको नाम अहिले पहिला जस्तो नसुनिने भएकाले कार्यक्रममार्फत सबैलाई जानकारी दिन पनि आयोजना गरिएको हो ।

२० जना बुलेट राइडरहरु ३ दिने कार्यक्रमलाई सफल पार्न आज बिहान काठमाडौँबाट जिरी तर्फ लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *