एसिया कप हुने पक्का, ९ खेल श्रीलंका र ४ खेल पाकिस्तानमा

एसियाली क्रिकेट काउन्सिल एसिसीले एसियाकपको विवाद मिलाएको छ। पाकिस्थानमा हुने तय भएको प्रतियोगितामा भारतले सार्न माग गरेपछि एसिसीलाई अप्ठेरो परेको थियो।

अन्ततः एसिसीले बिचको बाटो अपनाउँदै केही खेल पाकिस्तानमा पनि गर्ने निर्णय लिएको छ। धेरैजसो खेलहरु भने श्रीलंकामा हुने भएका छन्।

अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म हुने औपचारिक घोषणा भएको छ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल सहभागी हुनेछन्।

जसमा चार खेल पाकिस्तानमा र बाँकी ९ खेल श्रीलंकामा खेलाइने एसिसीले विज्ञप्तीमार्फत् पुष्टि गरेको छ।

समूह एमा नेपाल, पाकिस्तान र भारत रहेका छन्। समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

प्रत्येक समूहबाट दुई टोलीहरू सुपर फोरमा छनोट हुनेछन्। सुपर फोरका खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्।

यसअघि भारतले पाकिस्तान भ्रमण नगर्ने जनाएपछि एसिया कपको विवाद सुरु भएको थियो। भारतकै कारण अधिकांश खेल श्रीलंकामा गर्नु परेको हो।

भारत खेल्ने सबै खेल श्रीलंकामा हुने निश्चित छ। खेल तालिका भने सार्वजनिक भइसकेको छैन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *